FAQs Complain Problems

मेलुङ गाउँपालिकाबाट देखिने गौरीशंकर हिमशृंखलाको मनमोहक दृश्य

Read More

ऐतिहासिक भेडपु पोखरी,मेलुङ गा.पा.-४

Read More

६ नं. वडा कार्यालय भवन मेलुङ-६, मेलुङ बजार

Read More

आलुखेतीको लागि प्रसिद्द मेलुङ गा.पा.-४ फुर्केसल्ला

Read More

मेलुङ गाउँपालिकाका गाउँ सभा सदस्यज्यूहरू

Read More

 संक्षिप्त परिचय : 

  नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साबिकको पवटी गा.बि.स.(१-९ )लाई वडा नं.-१, घ्याङ सुकाठोकर गा.बि.स.(१-४ ) लाई वडा नं.-२, घ्याङ सुकाठोकर गा.बि.स.(५-९) लाई वडा नं.-३, भेडपु गा.बि.स.(१-९ )लाई वडा नं.-४, डाँडाखर्क गा.बि.स.(२-६,८)लाई वडा नं.-५, डाँडाखर्क गा.बि.स.(१,७,९ ) र मेलुङ (६,८,९,) लाई वडा नं.-६ र  मेलुङ (१-५,७) लाई वडा नं.-७ बनाईएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को नीति, बजेट तथा कार्यक्रम

जनप्रतिनिधि

अध्यक्ष
9851013306
उपाध्यक्ष
९८४४००२२७७
प्रवक्ता
9851108153

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249201
इन्जिनियर
9843704759
अमिन
9864838203

सेवाहरु

सेवा प्रकारः- शेैक्षिक संस्था सम्बन्धी
सेवा समयः- १ महिना
जिम्मेवार अधिकारीः- गाउँ शिक्षा समिति
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सामुदायिकको हकमा निशुल्क संस्थागतको हकमा आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) सम्बन्धित वडाको सिफारिश

६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः- न्याय सम्बन्धि
सेवा समयः- न्यायिक समितिको निर्णयानुसार
जिम्मेवार अधिकारीः- न्यायिक समिति कानुनी मामिला
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन/ विवाद दर्ता

२) हकदैया, हदम्याद पुग्ने प्रमाण

सेवा प्रकारः- बैंक खाता सम्बन्धि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको

नमूना दस्तखत कार्ड

२) समितिको निर्णय

३) निवेदन

४) वडाको सिफारिश

सेवा प्रकारः- याेजना सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ताहरुको आम भेलाको निर्णय प्रतिलिपि

२) नियमानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिश

४) स्वीकृत योजनाको लागत अनुमान

जानकारी