FAQs Complain Problems

सामाचार

सूचना तथा समाचार

मेलुङ गाउँपालिका,तिलगंगा आँखा प्रतिष्ठान,लायन्स क्लव अफ दोलखा र दोलखा लायन्स सर्जिकल आँखा केन्द्रको आयोजनामा मेलुङ गाउँपालिकाका सात वटै वडामा गरिएको छनोट आँखा शिविरमा एक हजार जना भन्दा वढीले आँखाको उपचार सेवा लिएको र यो शिविर वाट छनोट भएका मध्य ४७ जना मोतिविन्दु र ३ जना मासु पलाएको व्यक्तिहरुको सफलतापुर्वक सल्यक्रिया सम्पन्न गरियो ।

प्रमाणपत्रमा नागरिकता नं. उल्लेख हुनु पर्छ । जस्तै :– जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्ध विच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ सराईँमा सूचकको । त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकोले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नु पर्छ ।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  •  प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्र
  • विवाह दर्ता,
  • बसाईसराई दर्ता
  • अस्थायी निस्सा

सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।

  • रमाइलो चोक Lattitude:27°35'27.17"N; Longitude:  86° 3'27.88"E
  • दोबाटे पाटी lattitude: 27°35'4.26"N ; Longitude: 86° 4'14.07"E
  • भ्याकुरे देवी:Latitude:27°33'41.40"N; Longitude: 86° 4'57.00"E
  • ढलेको वर: Lattitude:27°33'27.69"N ; Longitude:  86° 4'20.64"E
  • गाईखुरा: Lattitude:27°33'41.00"N; Longitude: 86° 4'13.85"E
  • काकलिङ् भन्ज्याङ्ग :Lattitude: 27°33'18.51"N ; Longitude: 86° 2'52.59"E
  • माने बजार:Lattitude: 27°34'5.70"N; Longitude: 86° 1'24.15"E
  • बुद्दचोक: Lattitude:  27°31'41.63"N; Longitude: 86° 3'33.03"E
  • सैलुङ्ग जुरेढुंगा: Lattitude:  27°33'24.27"N; Longitude: 85°58'55.24"E
  • डाँडाखर्क बजार:Lattitude: 27°31'0.81"N; Longitude: 86° 1'25.09"E
  • दुदिले भन्ज्याङ्ग :Lattitude: 27°31'35.79"N; Longitude: 85°59'10.05"E
  • मेलुङ्ग बजार:Lattitude: 27°30'47.67"N ; Longitude: 86° 3'36.94"E
  • शित्तली वेशी:Lattitude:  27°30'40.11"N; Longitude: 86° 5'3.21"E
  • बिरौटा:Lattitude: 27°30'54.24"N ; Longitude:  86° 4'32.90"E
  • सित्तली महादेव मन्दिर :Lattitude:  27°30'2.60"N ; Longitude: 86° 5'28.84"E
  • मेलुङ्ग स्वास्थ्य चौकी  :Lattitude:  27°30'51.57"N ; Longitude:86° 3'59.30"E

वडा नं.- ७ : संक्षिप्त परिचय: 
साविकको मेलुङ गा.बि.स.को वडा नं. १,२,३,४,५ र ७ लाई मेलुङ गाउँपालिकाको वडा नं.७ बनाइएको छ।
यस वडाको कार्यालय  बिरौटामा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २२४९ हेकाे छ भने यस वडा कूल ६.२२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

 

वडा सचिव

राम बहादुर योगी 

सम्पर्क नं. : ९८४४३९६००६

Ward e-mail id: melungward7office@gmail.com

वडा नं. ६: संक्षिप्त परिचय: 
साविकको डाँडाखर्क गा.बि.स.को वडा नं १,७,९ र मेलुङ गा.बि.स.को वडा नं. ६,८,९ लाई मेलुङ गाउँपालिकाको वडा नं ६ बनाइएको छ।
यस वडाको कार्यालय मेलुङ बजारमा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २६३७ रहेकाे छ भने यस वडा कूल १०.२७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस वडाको वडा कार्यालय मेलुङ्ग बजारमा रहेको छ |
 

 

वडा सचिव 

गुण बहादुर थापा

९८४४४६५९०९

Ward e-mail id: melungward6office@gmail.com

 

 

 

वडा नं. ५ : संक्षिप्त परिचय:
साविकको डाँडाखर्क गा.बि.स.वडा नं २,३,४,५,६ र ८ लाई मेलुङ गाउँपालिकाको वडा नं.५ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २८१६ रहेकाे छ भने यस वडा कूल १४.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको कार्यालय डाँडाखर्क बजारमा रहेको छ ।

 

वडा सचिव 

योगेश श्रेष्ठ

सम्पर्क नं. :9849997832

e-mail id: melungward5office@gmail.com

वडा नं. ४: संक्षिप्त परिचय:
साविकको भेडपु गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ४ बनाइएको छ।
जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ३७०५ रहेकाे छ भने यस वडा कूल १८.३९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय जोरधारा भेडपु नजिकै रहेको छ |  मेलुङ गाउँपालिकाको महत्वपूर्ण ठाउँ भेडपु पोखरी यसै वडामा पर्दछ  ।

 

वडा सचिव

झुपलाल के.सी.

सम्पर्क नं.-9864720748

 

 वडा नं. १ काे संक्षिप्त परिचय:
साविकको पवटी गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं १ बनाइएको छ।
यस वडाको वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ४५७३ रहेकाे छ यस वडा कूल १६.९६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

 

 

वडा सचिव

सिता मैनाली

फोन नं. : 9845110438

 

e-mail id: melungward1office@gmail.com

 

 

वडा नं. ३: संक्षिप्त परिचय:
साविकको घ्याङ-सुकाठोकर गा.बि.स.वडा नं ५ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ३ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २३३९ रहेकाे छ भने यस वडा कूल१४.३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस वडाको वडा कार्यालय घ्याङ्ग बाटुलेमा रहेको छ ।

वडा सचिव

गौरीशंकर चौधरी 

सम्पर्क नं.-9765958004

Ward email id: melungward3office@gmail.com

 

वडा नं. २:  संक्षिप्त परिचय:
साविकको घ्याङ सुकाठोकर गा.बि.स.वडा नं १ देखि ४ लाई मेलुङ गाउँपालिकाको वडा नं २ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या १८९१ रहेकाे छ भने यस वडा कूल ६.१९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय कालिका मा.वि.सुकाठोकर नजिकै रहेको छ ।

वडा कार्यालयको सम्पर्क नं.-9851188002

वडा सचिव

शिव श्रेष्ठ

सम्पर्क नं. :9843084296 / 9851188002 

e-mail: melungward2office@gmail.com

 

 

 

 

साविकको पवटी  गा.बि.स.वडा नं १ देखि  ९ लाई मेलुङ गाउँपालिकाको वडा नं.१ बनाइएको छ।
यस  वडाको वडा  अध्यक्ष  इश्वर कोइराला हुनुहुन्छ, साथै वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।  

उपभोक्ता समितिमार्फत गरिने योजनाको लागि नमुना फारामहरु  तथा अन्य आवश्यक  कागजातहरुको नमुना ढाँचा डाउनलोड गर्न सक्नु हुनेछ 

मेलुङ गाउँपालिकाका जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर मेलुङ गाउँपलिकाको अध्यक्ष श्री नर बहादुर श्रेष्ठ ज्यु बाट समुदघाटन गरियो।

 उक्त शिविर गाउँपालिकाको  सम्पुर्ण वडाहरुमा क्रमश सन्चालन हुनेछ भने यस  शिविरबाट गाउँपलिकाका जेष्ठ नागरिकहरु प्रतक्ष्य लाभान्वित हुनेछन्। 

नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । किम्वदन्ती अनुसार तिब्बतबाट लामागुरु आई बस्ती बसाउन ठाउँ खोज्ने क्रममा मन्त्र जपेर अक्षेता फ्याल्दा अहिलेको मेलुङ बजारमा आगो बलेकोले बस्ती बसाल्न थालियो र तामाङ भाषामा 'आगो बलेको' अर्थात 'मे' -'आगो' र 'लुङ' -'बलेको ज्वाला' भन्ने शब्दबाट मेलुङ नाम रहन गएको भन्ने भनाइ छ । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलबिध्युत विकास नमुनाको रुपमा निर्मित खिम्ती जलबिध्युत आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साबिकको पवटी गा.बि.स.(१-९ )लाई वडा नं.-१, घ्याङ सुकाठोकर गा.बि.स.(१-४ ) लाई वडा नं.-२, घ्याङ सुकाठोकर गा.बि.स.(५-९) लाई वडा नं.-३, भेडपु गा.बि.स.(१-९ )लाई वडा नं.-४, डाँडाखर्क गा.बि.स.(२-६,८)लाई वडा नं.-५, डाँडाखर्क गा.बि.स.(१,७,९ ) र मेलुङ (६,८,९,) लाई वडा नं.-६ र  मेलुङ (१-५,७) लाई वडा नं.-७ बनाईएको छ ।

 

 

 

नेपालको ३ नं. प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साबिकको पवटी गा.बि.स.(१-९ )लाई वडा नं.-१, घ्याङ सुकाठोकर गा.बि.स.(१-४ ) लाई वडा नं.-२, घ्याङ सुकाठोकर गा.बि.स.(५-९) लाई वडा नं.-३, भेडपु गा.बि.स.(१-९ )लाई वडा नं.-४, डाँडाखर्क गा.बि.स.(२-६,८)लाई वडा नं.-५, डाँडाखर्क गा.बि.स.(१,७,९ ) र मेलुङ (६,८,९,) लाई वडा नं.-६ र  मेलुङ (१-५,७) लाई वडा नं.-७ बनाईएको छ ।

यो संगठनात्मक संरचना मेलुङ्ग गाउँपालिकाको  अन्तरिम दरबन्दी संरचना हो।